×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवाको भोलीदेखि सेयर लिलामीमा, यी ठाउँबाट भर्न पाइने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कामना सेवाको भोलीदेखि सेयर लिलामीमा, यी ठाउँबाट भर्न पाइने

Artha Sarokar

२३ बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वैशाख २४ गतेदेखि कामना सेवा विकास बैंकले सेयर लिलामी खुला गर्ने भएको छ । बैंकले सर्वसाधारण समूहको २ लाख १२ हजार १४६.८४ कित्ता र संस्थापक तर्फ ६ लाख ३७ हजार ८१६.९३ कित्ता गरि जम्मा  ८ लाख ४९ हजार ९६३.७७ कित्ता सेयर लिलामीमा बेच्न लागेको हो । यसमा वैशाख ३१ गतेसम्म आवेदन दिने पाइनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आाधार बिन्दु बनाएर त्यसभन्दा माथि भाउ तोकी बोलकबोल गर्नपर्नेछ ।
संस्थापक समूहले न्यूनतम १००० कित्ता र सर्वसाधारण समूहमा क्रमश १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । यसैगरी, कामना सेवाको ज्ञानेश्वर काठमाडौं, बुटवल, पोखरा र नारायणगढ शाखाबाट पनि आवेदन दिन सकिनेछ । 
हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड २७ लाख ६९ हजार रुपैयाँ रहेको छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ३७ करोड २१ लाख ८५ हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी