×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्सुरेन्सले प्राप्त गर्यो हकप्रद बेच्ने अनुमति, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ इन्सुरेन्सले प्राप्त गर्यो हकप्रद बेच्ने अनुमति, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

२१ बैशाख २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – धितोपत्र बोर्डले सिद्धार्थ इन्सुरेन्सलाई ३५% हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरेको छ ।बोर्डले इन्सुरेन्सलाई १०ः३.५ अनुपातमा २२ लाख ४४ हजार ९७३.५० कित्ता हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । कम्पनीले अब छिट्टै हकप्रद बिक्री खुला गर्नेछ ।
सिद्धार्थले हाल कायम ६४ करोड १४ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार ९५० रुपैयाँ हुनेछ । बिमा समितिले निर्जीवन बिमा कम्पनीलाई १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी