×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रमुख जिल्ला अधिकारी केन्द्रीय सरकारको मातहतमा, जिल्लामा सुरक्षा प्रमुखको जिम्मेवारी

PRIME CA

प्रमुख जिल्ला अधिकारी केन्द्रीय सरकारको मातहतमा, जिल्लामा सुरक्षा प्रमुखको जिम्मेवारी

अर्थ सरोकार

१८ बैशाख २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – प्रमुख जिल्ला अधिकारीहरु कुन सरकारको मातहतमा रहने बिवाद चलिरहेका बेला गृहमन्त्रालयले कानुन निर्माण गरी समस्या हल गर्ने प्रयास गरेको छ । प्रमुख जिल्ला अधिकारीहरुलाई केन्द्रीय सरकारको मातहत रहनेगरी कानुन निर्माण गरिरहेको गृहमन्त्रालय स्रोतले बताएको छ । केन्द्रीय सरकारको प्रतिनिधिका रुपमा प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा राख्ने गरी कानुन निर्माण भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी स्थानीय, प्रदेश वा संघिय कुन सरकारको मातहतमा रहने भन्ने बिषयमा अन्यौलता थियो । स्थानीय तहले आफ्नो मातहतमा रहनु पर्ने माग गर्दै आएको छ भने प्रदेशले आफ्नो मातहतमा राख्ने तयारी गरेको छ । तर प्रमुख जिल्ला अधिकारीहरु भने केन्द्रीय सरकारको मातहतमा आफुहरुलाई राख्नुपर्ने माग गर्दै आएका छन् । अन्तः उनीहरुको मागलाई सम्वोधन गर्न गृहमन्त्रालयले कानुन निर्माण गरिरहेको छ ।
प्रमुख जिल्ला अधिकारीहरुलाई केन्द्रीय सरकारको मातहतमा राख्ने गरी गृहमन्त्रालयले कानुन बनाएपछि स्थानीय र प्रदेश सरकार असन्तुष्ट हुने भएका छन् । गृहमन्त्रीको अध्यक्षतामा राष्टिय सुरक्षा समिति बनाउने र त्यस मातहत प्रमुख जिल्ला अधिकारी रहने ब्यवस्था कानुनमा गरिएको छ । जिल्लाको सम्पूर्ण सुरक्षाको जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिने तयारी गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: