
बुटवलको पुुुष्पलाल पार्कमा रहेको ओम डेभलपमेन्ट बैंक लिमिटेड बुटवल शाखाले आफ्नो प्रथम बार्षिकत्सव मनाएको छ । बैंकले बुटवल दिपनगरस्थित सुस्तमनस्थिति बाल बिद्यामन्दिरको सरसफाइ गरी त्यहाँका विद्यार्थीहरुलाई शैक्षिक, खेलकुद सामाग्री तथा खाजा बितरण गरेर आफ्नो बार्षिकत्सव मनाएको हो ।
बौद्धिक रुपमा अपांग करिब २५ विद्यार्थीहरु बिच केक काटी उनीहरुको हौसला बढाउन एवम् खुसी साटासाट गर्न आफुहरु सुस्त मनस्थिति बाल बिद्यामन्दीर आएको बैकका बुटवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बताए । आफुहरुले गत सालदेखि नै लुम्बनी बाणिज्य क्याम्पसमा हरेक बर्ष एकजना बिद्यार्थीको भर्ना तथा मासिक शुल्क छात्रबृत्तिको रुपमा प्रदान गरेको जानकारी दिँदै उनले आगामी दिनमा पनि सामाजिम उत्तरदायित्व अन्र्तरगत बैंकले यी र यस्तै क्षेत्रमा सहयोग गर्ने उल्लेख गरे । उनले जर्मनीको सरकारी बैंक के एफ डब्लुसँग सहकार्य गरेको ओमले मुलुक भरका ५३ शाखाबाट मोवाइल बैंकिङ, भिसा एटिम, निशुल्क सि–आस्वा सेवा र बिना धितो १५ लाखसम्म प्रोफेशनल कजा प्रदान गरेको जानकारी समेत दिए ।
बाल विद्यामन्दिरका अध्यक्ष लोकनाथ भुसालले स्थापनाको छोटो समयमा नै राम्रो बैंकिङ सेवा प्रदान गरी उत्कृष्ट कारोबार गरेकोमा बधाइ दिँदै ओम डेभलपमेन्ट बैंक बुटवल शाखाले आफ्नो बार्षिकत्सव बौद्धिक अपांग विद्यार्थीसगै मनाएर उनिहरुलाई प्रोत्साहन र उच्च मनोबल बढाउन महत्वपुर्ण कार्य गरेकोमा हार्दिक आभार ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै अभिभावक सावित्रा टण्डनले बैंकले आफ्ना बच्चाहरुसग बार्षिकत्सव मनाएकोमा खुसी व्यक्त गर्दै होटल र हुस्कीमा आफ्ना उत्सवहरु मनाउनेले यस्ता कार्यक्रमबाट सिक्नुपर्ने बताइन् । कार्यक्रम बैंकका शाखा प्रबन्धक अर्जुन ज्ञवालीको सभापतित्व, कर्मचारी धन बहादुर ठाडाको स्वागत र कर्मचारी अशोक गैरेको संचालनमा सम्पन्न भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्