
काठमाडौं – एनआर्इसी एशिया बैंकले एक पटक विभिन्न पदमा गरेर १८० जना भन्दा धेरै कर्मचारी माग गरेको छ। बैंकले नयाँ ब्रान्चमा मात्रै ११५ जना ब्रान्च म्यानेजरको लागि विज्ञापन खुलाएको छ। ब्रान्च म्यानेजरको लागि न्यूनतम योग्यता व्यवस्थापनमा स्नातकोत्तर गरेको हुनुपर्ने बैंकले जनाएको छ। साथै तीन वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ।
बैंकले काठमाडौंको लागि सामान्य प्रसासन तर्फ १० जनाको माग गरेको छ भने यसको लागि पनि स्नातक गरेर तीन वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ।
प्रोजेक्ट अफिसरको लागि १० जना, पव्लिक रिलेसन अफिसर १० जना, केही पिओएस अफिसर, रेमिट्यान्स अफिसर ५ जना, बैंकास्योरेन्स अफिसर १० जना, होम लोन अफिसर ५ जना, ह्युमन रिसोर्स अफिसर १० जना, अटोलोन अफिसर ५ जना, व्यक्तिग लोन अफिसर ५ जना, केही लर्निङ एण्ड डेभलपमेन्ट अफिसर र केही एक्जेक्यूटिभ सेक्रेटरी माग गरेको छ।
बैंकले सबै तहमा न्यूनतम स्नातक तह उत्तीर्ण गर्नुका साथै सम्बन्धित क्षैत्रमा कार्य अनुभव भएको व्यक्ति माग गरेको हो। इच्छुक आवेदकले बैंशाख १९ गतेसम्ममा आवेदन दिनु पर्ने बैंकले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्