×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चन डेभलपमेन्ट बैंकको खुद नाफा ३ करोड ९८ लाख

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कञ्चन डेभलपमेन्ट बैंकको खुद नाफा ३ करोड ९८ लाख

Artha Sarokar

१३ बैशाख २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कञ्चन डेभलपमेन्ट बैंकको खुद नाफा ३ करोड ९८ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको तेश्रो त्रैमासमा १३.१४% ले घटेको हो । गत बर्ष सोहि अवधिमा बैंकले ४ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
५० करोड ६० लाख रुपैंया चुक्ता पुँजी भएको कञ्चन डेभलपमेन्ट बैंकले ८ करोड ८७ लाख रुपैयाँ जगेडाकोषमा राखेको छ । निक्षेपमा ३ अर्ब ४३ करोड ५४ लाख रुपैयाँ संकलन गरी कर्जामा ३ अर्ब ३ करोड ६६ लाख रुपैयाँ बराबरको कर्जा प्रवाहमा गरेको छ ।
बैंकको खुद ब्याज आम्दानीमा ८.५४% ले बढे पनि संचालन नाफा १३.६३% ले घटेको छ । जसले गर्दा मुनाफा पनि घटेको हो ।
बैंकको निष्कृय कर्जा २.६१ %, जोखिम युक्त सम्पत्तिमा १६.७२%, प्रतिशेयर आम्दानी वार्षिक १०.५१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय १७.५४ रुपैयाँ र तरलता अनुपात २४.६८% रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी