×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओमको भएन राम्रो प्रगति, खुद नाफा ०.२१% मात्र वृद्धि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ओमको भएन राम्रो प्रगति, खुद नाफा ०.२१% मात्र वृद्धि

Artha Sarokar

१२ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ओम डेभलपमेन्ट बैकले २६ करोड ६२ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा यो नाफा ०.२१% ले मात्र धेरै भएको हो । गत आवमा यो बैंकले २६ करोड ५७ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

सञ्चालन नाफा ४० करोड ४३ लाख १२ हजार रुपैयाँ र खुद ब्याज आम्दानी ५३ करोड ९६ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सञ्चालन नाफा ३९ करोड ९७ लाख २० हजार रुपैयाँ र खुद ब्याज आम्दानी ५३ करोड २७ लाख १० हजार रुपैयाँ रहेको थियो ।

ओमले १९ अर्ब १४ करोड ७१ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब १० करोड ६० लाख ९२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा अनुपातलाई सुधार गरी ०.८२% झारेको छ । गत वर्ष खराब कर्जा १.२८% थियो । कस्ट अफ फन्ड ७.६७% बाट बढेर ९.२२% पुगेको छ ।

ओमले चुक्ता पुँजी ८४.९०% ले वृद्धि गरी २ अर्ब ५१ करोड ५२ लाख ३६ हजार रुपैयाँ पुर्याएको छ । बैंकले चुक्ता पुँजीका साथै जगेडा कोषलाई पनि वृद्धि गरेको छ । जगेडा कोषमा अहिले ६७ करोड ९० लाख ६६ हजार रुपैयाँ छ । गत वर्षको तुलनामा जगेडा कोष पनि २७.४५% ले धेरै भएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी