
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंक घोटाला प्रकरणमा प्रहरी नमज्जासँग चुकेको छ । बैंकका तत्कालीन सीइओ गोबिन्द प्रसाद उपाध्याय र अन्य केहि संचालकहरु रातारात अमेरिका फरार भएपछि प्रहरी चुकेको खुलासा भएको हो । करिव डेढ अर्व घोटाला प्रकरणमा मुछिएका उनीहरु प्रहरीले छानविन सुरु गरेसंगै भूमिगत भएका थिए । अहिले उनीहरु अमेरिका फरार भएको रहस्य खुलेको छ ।
नेपाल बंगलादेश बैंक हुँदै सिटिजन्स बैंकमा समेत काम गरेका उपाध्याय बैंकमा भएको घोटालामध्ये आधाजसो काममा संग्लग्न भएको भन्दै सीआइबीले उनलाई वारेन्ट जारी गरेको थियो । यसो त उनीमात्र होइनन् बैंकका पूर्वअध्यक्ष वसन्त मल्ल, पूर्वसञ्चालकहरू लोकेन्द्र कर्माचार्य र रीता वादे श्रेष्ठपनि विदेश भागेका छन् । यसअघि केहि समय अमेरिका नै बसेका उपाध्यायसँग भएको मल्टिपल भिजाका कारण उनी भाग्न सफल भएको बुझिएको छ। यो प्रकरणमा प्रहरीले २० जना पक्राउ गरिसकिएको छ ।
यसो त पूर्वसीईओ उपाध्याय र तीन सञ्चालक विरुद्ध प्रहरीले इन्टरपोलमार्फत् नोटिस जारी गराई पक्राउ गराउने
प्रक्रिया अघि बढाइसकेको छ । यसो त सिनर्जी फाइनान्सका बहालवाला सीइओ सहित सीआईबीले गत चैत २ गते एकैदिन १३ बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल तथा सञ्चालकहरू इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, छविरमण अधिकारी, मधुवनलाल श्रेष्ठ लगायतका व्यक्ति पक्राउ परिसकेका छन् भने घटनासँग सम्बन्धित अन्य केहीलाई पनि प्रहरीले निगरानीमा राखेको बुझिएको छ ।
अनुसन्धानमा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ अनियमितता भएको राष्ट्र बैंकको अनुसन्धानमा खुलेको थियो । स्मरण रहोस् एपेक्स बैंकमा भएको यो घोटाला प्रकरणबारे अर्थ सरोकार डटकमले त्यतिबेला नै पहिलो पटक मिडिया यस घटनाको पर्दाफास गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्