×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा ठिक्क पारेर राख्नुहोस् है ! रैराङ हाइड्रोपावरले पायो आइपीओ जारी गर्ने अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पैसा ठिक्क पारेर राख्नुहोस् है ! रैराङ हाइड्रोपावरले पायो आइपीओ जारी गर्ने अनुमति

९ बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८ लाख ४० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरको आइपीओ सर्वसाधारणमा जारी गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
रैराङले जारी पुँजीको १५% सेयर कर्मचारी र सर्वसाधारणलाई लागि बिक्री गर्न लागेको हो । कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ छ । यसमा संस्थापक सेयरधनीको स्वामित्व ७५% छ । कम्पनीले यसअघि पाँचथर र ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयबासीलाई ५ लाख ६० हजार कित्ता आइपीओ बिक्री गरेको थियो।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी