Skip to content
LAXMI SUNRISE BANK

‘दश वर्षे योजनामा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने ‘ – मन्त्रि वर्षमान पुन

अर्थ सरोकार

चौतारा- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जावाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताएका छन्।
सिन्धुपाल्चोकको चौतारा सागाचोक गढी नगरपालिकाअन्तर्गत सानुसिरुवारीस्थित मजुवा बगर ग्रामीण लिफ्ट सौर्य खानेपानी योजनाको उद्घाटन गर्दै उनले भ्रष्टाचाररहित समाज निर्माण गरी देशमा सुशासन कायम राखिने बताए।
प्रायः हरेक ठाउँमा सौर्य ऊर्जाबाट लिफ्टिङ गरी सिँचाइ तथा खानेपानी योजना सञ्चालन हुँदै आएकामा त्यस्ता योजनामा प्रयोग हुँदै आएको शक्तिलाई राष्ट्रिय ग्रीडमा जोडेर खेर गएको शक्तिलाई सरकारले खरिद गर्ने उनको भनाइ थियो।
यसअघि शनिबारै मन्त्री पुनले निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको निरीक्षण गरे।  नागरिक पत्रिकामा खबर छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK