×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्सको खुद नाफा १४.३९% ले वृद्धि हुँदा ब्याज आम्दानी कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्सको खुद नाफा १४.३९% ले वृद्धि हुँदा ब्याज आम्दानी कति ?

७ बैशाख २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिटिजन्स बैंकले खुद नाफा १ अर्ब ९८ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यही अवधिको तुलनामा खुद नाफा १४.३९% ले वृद्धि भएको हो । खुद ब्याज आम्दानी १६.८९% वृद्धि भएर १ अर्ब ४६ करोड ६७ लाख २४ हजार रुपैयाँ पुगेको हो भने सञ्चालन नाफा पनि १ अर्ब १७ करोड ७४ लाख २७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको तुलनामा सञ्चालन नाफा ३२.७२% धेरै हो । यता, ४० करोड ३२ लाख ९७ हजार रुपैयाँ राइट ब्याक गर्न सफल यस बैंकले प्रोभिजनमा २४ करोड ५१ लाख ७६ हजार रुपैयाँ राखेको छ ।
सिटिजन्सले पुँजी वृद्धिको संक्रमणलाई पार गर्दै राम्रो प्रगति हासिल गर्न सक्ने लक्षण देखाएको छ । बैंकले निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार गर्न सफल भएको छ । समग्रमा दोस्रो त्रैमासम्म निराशाजनक तस्वीर देखाएको बैंकहरु तेस्रो त्रैमासमा आइपुग्दा लम्किने प्रयास गरेका छन् । यो नै सबैभन्दा सुखद पक्ष हो ।
भारीमात्रामा चुक्ता पुँजी बढाएको सिटिजन्सको यो नाफालाई राम्रो भन्नु पर्छ । गत वर्ष ५५ अर्ब ५६ करोड रुपैयाँ रहेको निक्षप यो त्रैमासमा ६० अर्ब २५ करोड ६५ लाख रुपैयाँ पुगेको छ । यसैगरी, कर्जा लगानी पनि ४७ अर्ब ८० करोड रुपैयाँबाट बढाएर ५५ अर्ब ८२ करोड रुपैयाँ पुर्याएको छ । यसको कर्जा निक्षेप अनुपात ७८.४१% छ ।
खराब कर्जा अनुपात पनि गत वर्ष १.५५% रहेकोमा यसपालि १.४६% मा झरेको छ । यो बैंकको कस्ट अफ फन्ड बढेर ८.३५% पुगेको छ । गत वर्ष कस्ट अफ फन्ड ७.१०% थियो । सिटिजन्सले राष्ट्र बैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याइसकेको छ । हाल यसको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ३६ हजार रुपैयाँ छ ।
रिजर्भमा पनि २ अर्ब ३७ करोड ४३ लाख ६ हजार रुपैयाँ जम्मा भएको छ । यो बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ५६ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी