×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन लाइफको दिउसो १ बजे एजीएम हुँदै, सभामा आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन लाइफको दिउसो १ बजे एजीएम हुँदै, सभामा आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्दै

७ बैशाख २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिटिजन लाइफ इन्सुरेन्सको शुक्रबार (वैशाख ७ गते)  दिउसो १ बजेदेखि शिखर बिज सेन्टर थापाथली, काठमाडौंमा सुरु हुनेछ । सभामा आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्ने भएको छ । चालु आर्थिक वर्षमा सञ्चालनमा आएको यस इन्सुरेन्सको अधिकृत पुँजी ३ अर्ब र जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ छ । यस इन्सुरेन्सले जारी पुँजीको कम्तीमा ३०% आइपीओ सर्वसाधारणलाई बिक्री गर्नुपर्ने हुन्छ । 
यसआधारमा, सिटिजनले न्यूनतम ७५ लाख कित्ता आइपीओ सर्वसाधारणमा जारी गर्नुपर्छ । अधिकतम ४९% सम्म आइपीओ जारी गर्न पाउने प्रावधान छ । सिटिजनले सभामा लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव पनि लैजानेछ ।
आर्थिक वर्ष २०६३–६४ देखि २०७३–७४ सम्मको वासलात, नाफा नोक्सान हिसाब सहितका विवरण पनि साधारण सभाका एजेन्डा हुनेछन् । यस कम्पनीले हाल विभिन्न स्थानमा ३५ वटा शाखा कार्यालय खोलेर बिमा कारोबार सञ्चालन गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी