
काठमाडौं – जनता बैंक नेपालले आफ्नो १०८ औं शाखाबाट कारोवार शुभारम्भ गरेको छ । कोहलपुरमा रहेको सो शाखा बााके जिल्लाको भने दोस्रो शाखा हो ।
सो शाखाबाट पनि अन्य शाखाहरुमाझै आधुनिक बैंकिङ सेवाका साथै रेमिटेन्स सेवा र बैंकास्योरेन्स सेवा लिन सकिनेछ । कोहलपुर नगरपालिका क्षेत्रमा बासोवास गर्ने जनताहरुलाई सहज बैंकिङ सेवा पुर्याउने पहल अनुसार स्थापना गरिएको यस शाखाबाट नेपालगंज शाखाका ग्राहकहरुका साथै पूर्व पश्चिम राजमार्गमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।
हाल बैंकको ३३ शाखा रहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्