×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होटल सोल्टीको क्यासिनोबाट सञ्चालक सहित ८ जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

होटल सोल्टीको क्यासिनोबाट सञ्चालक सहित ८ जना पक्राउ

५ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सोल्टी होटलमा रहेको माजोङ क्यासिनोमा छापा मारी ८ जनालाई प्रहरीले होटल पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले मंगलबार राति क्यासिनोमा पुगेर   जुवा खेल्ने र खेलाउने कार्यरमा संलग्नहरुलाई नियन्त्रणमा लिएको हो ।
 पक्राउ पर्ने ६ जुवाडे हुन् भने २ जना क्रमशः सञ्चालक र म्यानेजर ४५ वर्षीय विनोद श्रेष्ठ र ओम कर्माचार्यलाई पक्राउ गरेको  महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  नेपालीलाई जुवा खेलाइएको सूचना पाएपछि प्रहरीले क्यासिनोका सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको हो ।श्रेष्ठ क्यासिनोका म्यानेजिङ डाइरेक्टर हुन् भने कर्माचार्य कार्यकारी अधिकृत हुन् ।
  त्यसैगरी, जुवा खेलमा संलग्न मकवानपुरका विकल्प पोखरेल, ललितपुरका शिखर पौडेल, काठमाडौंका तेन्जिङ मेलेकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै,  क्यासिनोमा जुवा खेलिरहेकै अवस्थामा समातिएका रञ्जित खड्गी, अरुण सेडाई र पासाङ ठकुरीलाई पनि नियन्त्रणमा लिइएको छ । पक्राउ परेका आठै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी