
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेको इन्सुरेन्सको १ लाख ७ हजार २६९.११ कित्ता सेयर लिलामीमा आउने भएको छ । नेकोले यसअघि ५०% हकप्रद खुला गरेको थियो । यसमा १ लाख ७ हजार १६९.११ कित्तामा आवेदन नपरेको हो । नबिकेको हकप्रदलाई लिलामी प्रक्रियाबाट बेच्ने गरिन्छ ।
कम्पनीले माघ २६ देखि चैत १ गतेसम्म २ः१ अनुपातमा ३९ लाख २० हजार ९२८.११ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यसमा आवेदन दिएका ७ हजार ८६३ जना सेयरधनीलाई ३८ लाख १३ हजार ६५९ कित्ता सेयर बाँडफाँट गरिएको नेकोले जनाएको छ ।
बिमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन नेको पनि हकप्रदको बाटोमा हिँडेको हो । ५०% हकप्रदपछि चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ पुग्नेछ । यसका लागि लिलामी सेयर पनि बिक्री हुनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्