×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुसुन्डा जातिको भाषा बोल्न जान्ने एकमात्र व्यक्ति ‘राजा मामा’को निधन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुसुन्डा जातिको भाषा बोल्न जान्ने एकमात्र व्यक्ति ‘राजा मामा’को निधन

५ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’को निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँमा बस्दै आएका राजा मामाको बुधबार बिहान ७५ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो । राजा मामा उच्च रक्तचापको बिरामी थिए ।

बिहान शौचालय गएर फर्किदा लडेको र उठाएर खाटका सुताएको त्यसपछि नउठेको उनकी  श्रीमती इन्द्रमाया कुसुण्डाले बताइन । कुसुन्डा जातिको भाषा बोल्न जान्ने उनी एकमात्र व्यक्ति थिए । आदिवासी जनजाती महासंघ तनहुँ जिल्ला समन्वय परिषदका निवर्तमान अध्यक्ष दीर्घ गुरुङले दिएको जानकारी दिए । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी