×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्स खुद नाफामा २६.७१% वृद्धि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

फर्स्ट माइक्रोफाइनान्स खुद नाफामा २६.७१% वृद्धि

Artha Sarokar

२ बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको छ । माइक्रोफाइनान्सले तेस्रो त्रैमासमा २६.७१% ले खुद नाफा वृद्धि भई  ७ करोड ३० लाख ७३ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले खुद ब्याज आम्दानी पनि २६.४८% ले वृद्धि गरी १२ करोड ३ लाख २ हजार रुपैयाँ पुर्याएको छ ।
फर्स्टको सञ्चालन नाफा ११ करोड ४८ लाख ३० हजार रुपैयाँ रहेको छ । यो गत वर्षको भन्दा २६.७१% ले धेरै हो । विगतमा जस्तै यो त्रैमासमा पनि खराब कर्जा अनुपात शुन्य नै रहेको छ । यो लघुवित्तको चुक्ता पुँजी ५६ करोड ७७ लाख ८५ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी गत वर्षको भन्दा ११४.६१% ले बढेको हो । रिजर्भ कोषमा पनि ४४.७१% सुधार गरी १४ करोड ४४ लाख ७६ हजार रुपैयाँ जम्मा गरेको छ ।
यता, फर्स्ट माइक्रोफाइनान्सले हालैमात्र २ः१ अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद सेयर बिक्री गरेको छ । यो हकप्रदपछि चुक्ता पुँजी अझ बढ्नेछ । फर्स्टको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४५ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी