
काठमाडौं – देशका विभिन्न भेगमा सेवा सञ्चालन गर्ने क्रममा कैलाश विकास बैङ्कले सोमवार झापाको दमकमा शाखा सञ्चालन गरेको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले एक समारोहबीच उक्त शाखाको उद्घाटन गरेका हुन् ।
देशका सबै स्थानीय तहमा वित्तीय संस्था खोल्ने नेपाल राष्ट्र बैङ्कको नीतिअनुरूप बैङ्कले हालै विराटनगरमा समेत शाखा सञ्चालन गरेको थियो । उक्त शाखाबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीएस, मोबाइल बैङ्किङलगायत आधुनिक बैङ्किङ सुविधा उपलब्ध हुने बैङ्कले जानकारी दिएको छ । बैङ्कले देशका विभिन्न भागमा ४७ शाखा तथा २२ एटीएम काउण्टरमार्फत बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।
दमक शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैङ्कका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गरिएको उनको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्