
- सुरज प्याकुरेल / सम्पादकीय
जिन्दगीमा हाँस्नु, रुनु, मर्नु बाँच्नु भनेजस्तै सेयर बजार बढ्नु, घट्नु सामान्य हो । यो बजारको विशेषता पनि हो । तर बजार बढ्दा केहि नगर्ने र बजार घटेको बेला पूराना मागहरु तेर्स्याएर आन्दोलनको ‘नाटक’ गर्ने इन्भेष्टर्स फोरमले बजार बढेका बेलाचाहीं ती समस्या समाधान भएको देख्छ कि क्या हो ? केहि बोल्दैन त !
आफुलाई घाटा नालागुन्जेज केहि नबोल्ने अनि आफुलाई घाटा लाग्न थालेपछि जवरजस्त बजार बढाउन खोज्ने फोरमको चाल भएको आरोप अहिले ठुलादेखि साना लगानीकर्ता धेरैले बुझिसकेका छन् । फोरमले देखाईरहेको व्यवहार पनि त्यस्तै छ । बजार बढ्दा वा बढीरहँदा, अनलाइन ल्याउने कुरा, एनआरएन भित्र्याउने कुरा, पूँजी बजारलाई थप बलियो पार्ने कुरा सबै ओझेलमा पर्छन्, र जव जव बजार घट्न थाल्छ अनि आन्दोलनको नाटक हुन थाल्छ । गाली नै खाएपनि अर्थमन्त्रीले सार्है राम्रो कुरा गर्नुभयो भनेर झुटको खेती हुन थाल्छ ।
झुट धेरै दिन टिक्दैन । न त ढाँटेको कुरा काटेको नै मिल्छ । यो सास्वत सत्य हो । अहिले बजार केहि बढ्दै जाँदा किन इन्भेष्टर्स फोरम नेपाली पूँजी बजार थप बलियो बनाउन आन्दोलन गर्न सक्दैन ? गर्दैन ? बजार बढेका बेला आफ्नो घाटा ‘रिकभर’ गर्न तल्लीन भएका फोरमका सदस्यहरु वा अवचाहिं बजार पक्कै बढ्छ भनेर फेरि सेयर उठाउन तम्सिएकाहरु अव केहि बजार घट्नुमात्र पर्छ, फेरि आन्दोलन गर्छौं, अर्थमन्त्रीलाई भेट्छौं लगायतका नाटक देखाउन थाल्छन् । जुन तर्कहीन, र बेतुकको छ, थियो र हुनेछ भन्ने यथार्थ धेरैले बुझिसकेका छन् ।
हुन त इन्भेष्टर्स फोरम साना लगानीकर्ताका लागि थिएन, होइन र हुनेछैन भन्ने यथार्थ धेरैले बुझिसकेका छन् । तर अलिकति पनि लगानीकर्ताको पीर भए फोरमले बजार बढ्दा होस् वा घट्दा, आफ्ना कामहरु निरन्तर गरेर देखाउन सक्नुपर्छ । साउनको सोती जस्तै कहिलेकाहींमात्र ठुलो हुने र अरुबेला सुक्खा हुने गलत अभ्यासले फोरमलाई उँधोगतितिर लैजाने कुरामा कुनै शंका छैन । नेपाली पूँजी बजारमा अहिले पनि धेरै समस्याहरु छन् । जसका लागि समयमै लागियो भने प्रगति टाढा छैन ।
तर बैंकलाई थर्काउन र आफ्नो पोर्टफोलियो बढाउनमात्र तल्लीन हुने फोरमका नेतृत्वकर्ताहरुको बानीले फोरम कहिलेपनि लगानीकर्ताको संघ हुनै सक्दैन । बरु फगत केहि ठुला खेलाडीको राजनीति गर्ने भाँडो हुनेछ । यो कुरामा इन्भेष्टर्स फोरम गम्भीर हुन आवश्यक छ ।
यो पनि पढ्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्