
उदयपुर – नेपालटार बजारमा हिजो राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट एक वृद्धा बेपत्ता भएकी छिन् भने ६ करोडभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
११ बजे राती पूर्वप्रहरी हवल्दार नारायण तामाङको घरबाट आगलागी सुरु भएपछि ३ बजेसम्ममा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । आगलागीबाट तामाङकी ७० वर्षीया आमा बारीमाया तामाङसमेत बेपत्ता भएको र आगलागी सुरु भएपछि ढिलो खबर प्राप्त भएका कारण ठुलो क्षती पुगेको प्रहरीले बताएको छ ।
कटारी नगरपालिका र त्रियुगा नगरपालिकाबाट दमकल मगाएर प्रहरी तथा स्थानीयवासीको प्रयासपछि आइतबार बिहान ३ बजे मात्र आगलागी नियन्त्रणमा आएको हो । तामाङको घरमा रातिको समयमा धामी बसाएकोले आगो सल्केको हुन सक्ने प्रहरीको अनुमान छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्