
काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १३% बोनस सेयरधनीकै डिम्याट खातामा जम्मा गरिदिएको छ । कात्तिक २३ गतेसम्म सेयर डिम्याट गराएकाहरुको मात्र बोनस डिम्याट खातामा पठाइएको हो । कात्तिक २३ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गरिदिने तयारी भइरहेको आरएसडीसीले जनाएको छ ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले भने पहिला आफूसँग भएको सेयर डिम्याट गरेपछि मात्र बोनस पाउने छन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट काठमाडौं र शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा गएर सेयर डिम्याट गर्न पनि कम्पनीले अनुरोध गरेको छ ।
यसैगरी, एनआइबीएल एस क्यापिटलको आदर्शनगर वीरगञ्ज, ट्राफिकचोक बुटवल र गोल्छाचोक विराटनगरबाट पनि भौतिक सेयर प्रमाणपत्रलाई अभौतिक गर्न सकिनेछ । यसपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुनेछ । आरएसडीसीको गत मंसिर ८ गते सम्पन्न सभाले १३% बोनस दिने प्रस्ताव पारित गरेको थियो ।
हाल यस कम्पनीको चुक्ता पुँजी ३४ करोड ३ लाख ७९ हजार रुपैयाँ छ । आरएसडीसीले हालै २१ लाख ५९ हजार ७०० कित्ता (६०%) हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । यसअघि आरएसडीसीले असोज २ देखि कात्तिक २० गतेसम्म २३ लाख २५ कित्ता (२००%) हकप्रद सेयर निष्कासन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्