
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत सम्बन्धलाई कसैले विगार्न खोजे त्यो सम्भव नभएको बताएका छन् ।
आज संघीय संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको दुबै छिमेकी भारत र चीनसँग सम्बन्ध राम्रो भएकोमा खुसी व्यक्त गर्दै अझै सुदृढ र प्रगाढ बन्दै जाने बताए ।
आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा जान लागेको जानकारी गराउँदै ओलीले भने,‘मेरो भ्रमणमा नेपाल भारत सम्बन्धलाई अझै मजबुद बनाउने विषयमा मेरो प्रयास रहनेछ ।’
नेपाल र भारतका बीचमा सदियौदेखिको बहुआयामिक सम्बन्ध रहेको र त्यो मैत्रीपूर्ण भएको उल्लेख गर्दै ओलीले थपे–‘कहिले कहिले कसै कसैले त्यो सम्बन्धलाई विगार्न खोजे पनि सम्भव छैन, फेरि त्यो सप्रिने ठाउँमा आइपुग्छ । स्पष्ट, मैत्रीपूर्ण र विश्वासका साथ आफ्ना हितलाई न्यायोचित राख्यो भने सम्बन्ध सुदृढ हुँदै जान्छ ।’
छिमेकीसँग मित्रतापूर्ण, सन्तुलित र पारस्परिक हितको सम्बन्ध हुने स्पष्ट पार्दै मित्रता समानताका आधारमा हुने पनि बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्