×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्री थापाले गरे ८२ बुँदे कार्ययोजना सार्बजनिक

PRIME CA

गृहमन्त्री थापाले गरे ८२ बुँदे कार्ययोजना सार्बजनिक

१९ चैत्र २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पाँच वर्षभित्र सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने बताएका छन् ।
सोमबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले गृह प्रशासनको नीतिगत तथा कानुनी सुधारका ८२ बुँदे कार्ययोजना सार्वजनिक गर्दै पूर्व परियोजनका रुपमा पाँचथरका १ लाख १० हजार नागरिक, सिंहदरबार भित्रका ७ हजार कर्मचारीलाई एक वर्षभित्र र सबै नागरिकलाई पाँच वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने बताएका हुन् ।
गृह प्रशासनको नीतिगत तथा कानुनी सुधारका लागि ल्याइएको ‘गृह प्रशासन सुधार कार्य योजना २०७४’ मा गृह प्रशासनका सबै अंगहरुलाई जनमुखी, नतिजामुखी, इमान्दार र राष्ट्रिय उद्देश्य प्राप्त गर्न सक्ने गरी परिचालन गर्ने, विश्वसनीय तथा प्रभावकारी सुरक्षा व्यवस्था काम गर्न सुरक्षा निकायलाई क्षमतावान र प्रविधिमैत्री बनाउँदै आधुनिकीकरण गर्ने लगायतका उद्देश्य राखिएको छ ।
त्यस्तै कारागारलाई श्रम, शिक्षा र स्वास्थ्य सुविधासहितको सुधार गृहको रुपमा विकास गर्ने खुला कारगार स्थापना गर्न विशेष कार्यक्र बनाइ लागू गर्ने कुरा कार्य योजनामा समावेश गरिएको छ ।
यसअघि शेरबहादुर देउवा सरकारका बेला गृहमन्त्री जनार्दन शर्माले जवाफदेही गृह प्रशासन, शान्ति सुरक्षा र प्रशासन नारा रहेको उक्त ८४ बुदें मार्गचित्र सार्वजनिक गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: