Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकले सुरु गर्यो तीन शाखारहित बैंकिङ्ग सेवा

अर्थ सरोकार

सिद्धार्थ बैंकले दुर्गम जिल्लाका ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले तीन स्थानमा शाखारहित बैंकिङ्ग सेवाको औपचारिक शुभारम्भ गरेको छ । बैंकले सुर्योदय नगरपालिका–०१ को गोर्खे बजार, लक्ष्मीपुरको सुकेपोखरी र गोदकको नारायण चोक सहित इलाममा तीन वटा शाखारहित सेवा सुचारु 
गरेको छ ।
गोर्खे बजार शाखारहित बैंकिङ्ग सेवाका उद्घाटन सुर्योदय नगरपालिका–०१ का वडा अध्यक्ष राज कुमार सेराङ्ग, लक्ष्मीपुर शाखारहित बैंकिङ्ग सेवाका उद्घाटन सुर्योदय नगरपालिका–१३ का वडा अध्यक्ष धन बहादुर राई र गोदक शाखारहित बैंकिङ्ग सेवाका उद्घाटन इलाम नगरपालिका–१० का वडा जेष्ठ नागरिक टेक बहादुर घिमिरेले गरेका थिए । शाखारहित सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय स्तरमै सहज रुपमा बैंकिङ्ग सेवा लिन सक्ने कुरामा बैंक विश्वस्त रहेको छ ।
३ वटा शाखारहित बैंकिङ्ग सेवासहित हालै बैंकले देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०८ एटिएम र ६८७ पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 
आर्थिक वर्ष २०७४÷०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK