×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वस्तरीय प्रविधी VRM जडान गरी जगदम्बा सिमेन्टद्धारा उत्पादन सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विश्वस्तरीय प्रविधी VRM जडान गरी जगदम्बा सिमेन्टद्धारा उत्पादन सुरु

Artha Sarokar

१४ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जगदम्बा सिमेन्ट उद्योगले ग्राहक तथा उपभोक्ताको मागलाई मध्यनजर गर्दे आफ्नो उत्पादनलाई अझ विस्तार गरेको छ । विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले जगदम्बा सिमेन्टले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी (FLSmidth (Denmark / India)को अत्याधुनिक प्रविधि Vertical Rollel Mills (VRM) जडान गरी उत्पादन सूचारु गरेको छ । 

VRM  प्रविधि नेपालमा भित्रयाउने जगदम्बा सिमेन्टको दोस्रो कंम्पनी हो भने यो प्रविधि जगदम्बा सिमेन्टको विरगञ्ज स्थित शुभश्री जगदम्बा सिमेन्ट मिल्स् प्रा.लि मा जडान गरिएको छ । हालको उत्पादन ४५,००० बोरा प्रति दिन रहेकोमा VRM  प्रविधि जडान पश्चात कम्पनीको उत्पादन करिव करिव दोब्बरको हाराहारीमा पुग्ने कम्पनीले जनाएको छ । VRM  प्रविधि पश्चात कम्पनीको उत्पादन ८०,००० बोरा प्रतिदिन उत्पादन हुनेछ भने यही प्रविधि जडान गरी कम्पनीले आफ्नो तेस्रो उद्योग नेपाल जगदम्बा सिमेन्ट ई.प्रा.लि बाट पनि चाडै नै उत्पादन शुरु गर्ने जनाएको छ । 
तेस्रो उद्योग संचालन पश्चात कम्पनीको उत्पादन प्रति दिन १,१०,००० बोरा रहने कम्पनीले जनाएको छ । एकातर्फ देशको बढ्दो सिमेन्टको मागलाई सम्बोधन गर्दे सिमेन्ट उद्योगलाई नै आत्मनिर्भर हुन टेवा दिइरहेको छ भने अर्कोतर्फ ग्राहक तथा उपभोक्ताको गुणस्तर प्रतिको चाहनालाई आत्मसाथ गर्दे उपलब्धताको सुनिश्चितता प्रदान गरेको छ । यसरी नै भावी दिनहरुमा आफ्ना सम्पूर्ण उद्योगलाई प्रविधी मैत्री बनाउदै उपभोक्ताको सेवामा सदा समर्पित रहने कम्पनीले प्रतिबद्धता जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी