×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको बेल्टार र विराटचोक शाखामा नयाँ शाखा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ बैंकको बेल्टार र विराटचोक शाखामा नयाँ शाखा

Artha Sarokar

१३ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिद्धार्थ बैंकले सोमबार उदयपुरको बेल्टार बजारमा र मोरङको विराटचोकमा शाखा स्थापना गरेको छ । बेल्टार शाखाको उद्घाटन उदयपुर प्रदेश नं. १ (क) का सासंद बिमल कार्की तथा उदयपुर जिल्लाको चौदन्दिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले संयुक्त रुपमा गरेका छन् भने विराटचोक शाखाको उद्घाटन सुन्दर हरौंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल तथा बैंकका सञ्चालक नरेन्द्रकुमार अग्रवालले संयुक्त रुपमा गरेका छन् ।
बैंकले हालै देशभर सय वटा शाखा (३ एक्सटेन्सन् काउन्टरसहित), ९९ शाखारहित बैंकिङ सेवा, , १०८ एटीएम र ६८७ पीओेएस मेसिनमार्फत् उच्चस्तरीय बैैंकिङ सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷७५ को फागुन मसान्तसम्म बैंकले कुल निक्षेप ८७ अर्ब ५७ करोड र कर्जा लगानी ७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधिमा १ अर्ब १३ करोड नाफा गरेको बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी