×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महराको कारणले टाट पल्टिँदै जुटमिल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महराको कारणले टाट पल्टिँदै जुटमिल

१३ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – माओवादी केन्द्रका नेता तथा सभामुख कृष्णबहादुर महराका कारण नेपालकै पुरानो उद्योग बिराटनगर जुटमिल टाट पल्टिने भएको छ । महरा अर्थमन्त्री हुँदा शक्ति र प्रभावमा राज्यका सम्पत्ति कौडीको मुल्यमा बेचेर फाईदा कमाएका थिए । 
नेपालकै पहिलो उद्योग बिराटनगर जुटमिलमा सरकारी स्वामित्वलाई कमजोर बनाउने चलखेलको नेतृत्व सरकारकै दुई उच्च अधिकारीले गरेका थिए । तत्कालिन स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया र सह–सचिव उद्धवप्रसाद तिम्सिनासहित १० जनाले ५०–५० कित्ता प्रमोटर (संस्थापक) शेयर खरिद गरेपछि विराटनगर जुटमिलमा सरकारको स्वामित्वमा रहेको शेयरको मात्रा झरेको छ । 
जुटमिलका सञ्चालक समितिका तत्कालिन अध्यक्ष र हालका प्रवन्ध निर्देशक काफ्ले र अर्का सञ्चालक राजेन्द्र कार्कीले आफनो नाममा रहेको प्रमोटर शेयर २०७३ साउनपछि सचिव थपलिया, सहसचिव तिम्सिना, निर्मल महरा, रेशम महरा, शिवहरि आचार्य र शुसीला पौडेललाई गुपचुप रपमा काठमाडौंको एउटा रेष्टुरेण्टमा वसेर बेचेका थिए । बैशाख ५ गते २०७३ सालमा बसेको सञ्चालक समितिको बैठकले उनीहरले खरिद गरेको ५०–५० कित्ता प्रमोटर शेयर स्वीकृत गरको थियो । उद्योग मन्त्रालयले नियुक्त गरेका मिलका अध्यक्ष काफ्ले र सञ्चालक सदस्य कार्कीले आफ्नो नाममा प्रमोटर शेयर कसरी ल्याए र बिक्री गरे, त्यो प्रकृया लुकाईएको छ । उनीहरूले शेयरको केही हिस्सा तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराका छोरा निर्मल र उनको सचिवालयमा रहेका आफन्तलाई दिई अन्य धन्दा सफल बनाएका थिए । स्टक एक्सचेन्जमा दर्ता नै नगरी बिराटनगर जुटमिलको बेचिएको प्रोमोटर शेयर र खरिद गरिएको दुबै प्रक्रिया नियम मिल्दो छैन । 
नागरिकको लागि जारी गरिएको आईपीओ शेयर मात्रै सरकारी कर्मचारीले खरिद गर्न पाउँछ । प्रमोटर शेयर खरिद गर्न पाउँदैनन् । सरकारी स्वामित्वका शेयरलाई कमजोर पारेर नीजि क्षेत्रको हालिमुहाली गरी विराटनगर जुटमिलको सम्पत्ति मासेर जग्गा कब्जा गर्ने नियतले शेयर घोटाला गरेको बताइन्छ । बिराटनगर जुटमिलको शेयर घोटालामा कम्पनी रजिष्ट्रारको कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेपनि प्रभावशाली व्यक्ति र उच्च अधिकारीले छानबिन समेत रोकेका छन् । यस्तो गम्भिर बिषयलाई ढाकछोप गर्न सभामुख महराले उद्योग मन्त्री मातृकाप्रसाद यादवलाई समेत प्रभावमा पार्न खोजिरहेका छन् । गृह मन्त्री रामबहादुर थापा बादलले सुशासनको अभियानलाई अब कसरी अघि बढाउँछन हेर्न वाँकी छ । तलमाथि गर्नेलाई छोड्दिन भन्ने मातृका यादवको पनि अग्नि परिक्षा शुरू भएको छ, भन्छन माओवादीका एक नम्वर प्रदेशका नेता तथा कार्यकर्ताहरू । – जनप्रहार साप्ताहिकबाट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी