×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्धारा महेश्वर महर्जनलाई सम्मान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकद्धारा महेश्वर महर्जनलाई सम्मान

११ चैत्र २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आइरहेको महालक्ष्मी बिकास बैंक लिमिटेडले यसपटक खेलकुद विधा अन्तर्गत भुटानमा भएको शारीरिक सुगठनको ५०औँ एसियन च्याम्पियनसिप उपाधि जितेर नेपाललाई विश्वसामु पहिचान गराउन सफल महेश्वर महर्जनलाई सम्मान गरेको छ । 
खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक बिकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान उच्च राख्ने हुँदा यस क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले महर्जनलाई धनराशीसहितको सम्मान प्रदान गरेको बैंकले जनाएको छ । बैंकले विहीबार (चैत्र ७ गते) एक समारोहका बीच महर्जनलाई सम्मानस्वरुप दुई लाख रुपैयाँ प्रदान गरेको हो । 
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी