×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बहस : बैंकर्स संघ ‘पावरफुल’ कि ‘नबिल बैंक’ ? अव कुन नैतिकताले अध्यक्ष पदमा बस्लान् ज्ञानेन्द्र ढुंगाना ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बहस : बैंकर्स संघ ‘पावरफुल’ कि ‘नबिल बैंक’ ? अव कुन नैतिकताले अध्यक्ष पदमा बस्लान् ज्ञानेन्द्र ढुंगाना ?

९ चैत्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
एनआइसी एसिया बैंकले १२ % ब्याजदरको स्किम ल्याउँदा बैंकर्स संघका अध्यक्ष ३ हातमाथि उफ्रेर एनआइसी एसिया विरुद्ध लागेको ‘चटक’ जनताका लागि पूरानो घटना होइन । आफु नै नियमनकारी निकायजसरी संघका अध्यक्षले जे गरे, त्यसको आ-आफ्नै हिसावको विश्लेषण भइनै रहेको थियो र छ पनि । तर बिहिबार विभिन्न अखबारहरुमा जव नबिल बैंकले ११% ब्याज दिने र ब्याज अग्रीम भुक्तानी गर्ने स्किम ल्याएको खबर आयो, ढुंगानाले अव के गर्लान् ? भन्ने चर्चा अहिले बजारको ‘टक अफ दी टाउन’ बनेको छ । नबिलले ल्याएको स्किमको हिसाव गर्ने हो भने अग्रीम ब्याज भुक्तानीमा ११ % हुँदा वास्तविक ब्याज १२.३६ हाराहारी हुन्छ । एनआइसी एसियाले १२% ब्याजको स्किम ल्याउँदा जहाज नै डुब्ने भयो भनेर कुर्लिएका ढुंगाना अहिले नबिलको अगाडी भिजेको मुसाजस्तै बनेर बसेका छन् । यसले उनको ‘औकात’ कति छ भन्ने कुरा पनि प्रष्ट पारेको छ ।
तर सत्य सबैलाई थाहा छ, ढुंगानाको दम छैन नबिललाई कारवाही गर्न । उनी त्यो ‘हुति’ भएका बैंकर नै होइनन् । सोझालाई पेल्ने र ठुलाका अगाडी निहुरिने उनको यथार्थ धेरैलाई थाहा छ । उनले नबिल बैंकलाई केहि गर्न सक्दैनन् भन्ने बुझेर त्यहि दिननै एनआइसी एसियाले पनि सोहि स्किम ल्यायो । नबिल बैंकलाई संघले छुन नसक्ने भएपछि अव बजारमा १२.३६ प्रतिशत ब्याजदर स्थापित हुने पक्का छ । अव छिट्टै अरु बैंकले पनि सोहि प्रकृतिको स्किम ल्याउनेमा कुनै शंका छैन । ल्याउनुको विकल्प पनि छैन । सबै भोका छन्, रोटी थोरै छ । अरुको भाग खोस्नुको विकल्प छैन । संघमा निकम्मा नेतृत्व छ ।    
अव यस्ता स्किम आए भने ? संघको औचित्य सकिएकै हो त ?
१२% ब्याज दिने स्किम ल्याउनचाहिं नहुने रे अनि अग्रीम ब्याजदर दिने नाममा १२.३६ प्रतिशत ब्याज दिने स्किमचाहिं ल्याउन हुने रे ! कस्तो अचम्म ! संघ हुन त यतिबेला बोल्न सकेको छैन । तर संघका केहि ‘टाउके’हरु अहिले पनि ११ प्रतिशत काट्न नहुने हो त्यसमा थप स्किम ल्याउन सकिन्छ भन्ने ‘पांडे’ कुरा गरिरहेका छन् । यदी त्यस्तो हो भने अव केहि दिनमा कुनै बैंकले ११% ब्याज, अग्रिम भुक्तानि अनि १% चाहिं नयाँ बर्षको बोनस भनेर स्किम निकाल्यो भने के हुन्छ ? ११% ब्याज, अग्रिम ब्याज भुक्तानी अनि सिधै नगद उपहार पनि भनेर स्किम आयो भने के हुन्छ ? घुमाएर कान समाउनुको कुनै तुक छ र ? ज्ञानेन्द्र ढुंगाना यसबारेमा अहिले केहिपनि बोल्न नसक्ने अवस्थामा छन् । किन कि उनी अहिले नबिलको फन्दामा परेका छन् । नबिललाई कारवाही गर्न त के नबिलले गलत गर्यो भन्नेसमेत उनको दम छैन ।
बहस : बैंकर्स संघ ‘पावरफुल’ कि ‘नबिल बैंक’ ?
कुरा प्रष्ट छ । ब्याजदर प्रकरणमा नेपाल बैंकर्स एसोसीएसन भन्दा नबिल बैंक ‘पावरफुल’ सावित भइसकेको छ । गलत व्यक्ति नेतृत्वमा पुग्नु यसको मुख्य कारण हो भन्ने कुरा कसैमाझ पनि लुकेको छैन । हुन त राष्ट्र बैंकको सर्कुलरलाई त बाग्मतीमा बगाईदिने हैसियत राख्ने नबिल बैंकका लागि कोठे संघ र ‘भुरो’ अध्यक्ष खास ठुलो कुरै भएन । तर प्रश्न अव संघमाथि तेर्सिएको छ । नबिलले गलत गर्दा कारवाही गर्न नसक्ने भए नबिललाई नै संघको मान्यता दिए भइहाल्यो नि ! सानालाई पेल्न, कहिलेकाहीं जाँड खान अनि बैंकको कुरा गर्दा गर्दै तरुनीका गफ दिन बाहेक संघ अव केको लायक रह्यो र ? 

अव कुन नैतिकताले अध्यक्ष पदमा बस्लान् ज्ञानेन्द्र ढुंगाना ? 
थोरै पनि नैतिकता छ भने ढुंगानाले संघबाट राजीनामा दिन सक्नुपर्छ । कि नबिलले गरेको काम गलत भन्न सक्नुपर्छ । होइन भने संघको नाम भजाएर आफ्नो स्वार्थ पूरा गर्ने अधिकार कसैलाई छैन । जन-जनले बुझेका छन्, संघमा उनले गर्ने निर्णय उनको सञ्चालक समितिबाट निर्देशित हुने गर्छ र उनको र उनको बैंकको फाइदाका लागि हुने गर्छ । आफ्नो डिपोजिट एनआइसी एसियाले लागेको झोंकमा बैंकलाई कारवाही गर्न तम्सेका ढुंगाना अहिले नबिलले १२.३६ प्रतिशत ब्याजदरको स्किम ल्याउँदा खिस्स हास्न बाहेक अरु केहि गर्न सक्दैनन् भन्ने सबैले बुझेका छन् । बाघ बनेर एनआइसी एसियालाई कारवाहीको नाटक गर्दा आफ्नो लाजचाहिं बाग्मतीमा बगिसकेको कुरा ढुंगानालाई थाहा नै होला । अव ‘जय नबिल नारायण’ भन्दै कि कासी जानु, कि राजीनामा दिएर आफ्नै बैंकमा थच्चीनु बाहेक उनीसँग कुनै विकल्प छ र ? हुन त इतिहास सिक्नेहरुकै लागि हो, नियम त मिच्नेहरुकै लागि हो, चाहे होलसेलमा किन नहोस् नैतिकता बिक्नेहरुकै लागि हो भन्छन् !
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी