×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिपाहीको मेसमा पुगेर गृहमन्त्रीले भनेः हामीलाई पनि खाना ल्याउनुहोस् !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिपाहीको मेसमा पुगेर गृहमन्त्रीले भनेः हामीलाई पनि खाना ल्याउनुहोस् !

७ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले महानगरीय प्रहरी वृत्त अनामनगरको आकस्मिक निरीक्षण गरेका छन् ।
बुधबार बिहान खाना खाने बेलामा महानगरीय प्रहरी वृत्त अनामनगर पुगेका थिए । उनले प्रहरीको मेसमा बसेर जवानहरुसँगै खाना पनि खाए ।
निरीक्षण गर्न पुगेका गृहमन्त्री थापाले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्षलगायतको निरीक्षण गरेका थिए ।
सबै निरीक्षण सकेपछि उनी मेस पनि हेर्नुपर्यो भन्दै वृत्तको मेसतिर लागे । खाना खाइरहेका प्रहरीहरु गृहमन्त्री आएको देखेर जर्याकजुरुक उठ्न खोजे । तर, थापा उनीहरुलाई नउठ्न आग्रह गर्दै भान्सातिर लागे ।
भान्सामा पुगेर मन्त्रीले सोधे, ‘हामी पनि यही खाना खान्छौं, पुग्छ ?’ उनको प्रश्नमा भान्सामा रहेका जवानहरु सुरुमा त अकमकिए । मन्त्रीले साँच्चिकै भनेको थाहा पाएपछि एक जवानले भने, ‘पुग्छ हजुर !’
‘त्यसो भए हामीलाई पनि खाना ल्याउनुहोस् भन्दै मन्त्री खाना खाइरहेका प्रहरीहरुसँगै बसे । आज भान्सामा दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुको अचार बनेको रहेछ । ‘गृहमन्त्री आउने जानकारी पाएको भए मासु पनि पकाउन हुन्थ्यो,’ एक जवानले भनि हाले । अचानक आइपुगेका गृहमन्त्रीलाई वृत्तका प्रहरीले सलामीसमेत अर्पण गर्न पाएनन् ।
खाना खाएपछि मन्त्री थापाले प्रहरीहरुलाई जनताको जिउधनको सुरक्षाका लागि दत्तचित्त भएर लाग्न निर्देशन दिए । सुरक्षा निकायका अन्य अंगभन्दा नेपाल प्रहरीको रासनमा विभद रहेकोबारे आफू जानकार रहेको भन्दै गृहमन्त्रीले त्यो असमानता हटाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी