×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कुखुरा चोरेर’ खाएपछि कालिकोटमा काँग्रेस जनप्रतिनिधिको अर्को काण्डः करोडभन्दा बढी हिनामिना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘कुखुरा चोरेर’ खाएपछि कालिकोटमा काँग्रेस जनप्रतिनिधिको अर्को काण्डः करोडभन्दा बढी हिनामिना

७ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

कालिकोट – जनप्रतिनिधिहरुले नै स्थानीयका खोरबाट कुखुरा चोरेर खाएको घटना सेलाउन नपाउँदै कालिकोटमा जनप्रतिनिधिको अर्को काण्डको खुलासा भएको छ । अहिलेको काण्ड भनेको विकासको लागि गएको बजेटको हिनामिनाको हो । पहिलो वर्षमै करोडभन्दा बढी रकमको हिनामिना भएको बताइएको छ ।
यसअघि कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका-९ का वडाध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीमाथि कुखुरा चोरीको आरोप लागेको थियो । फागुन ६ गते राति स्थानीय अर्जुन खत्रीको कुखुरो चोरी गरी काटेर मासु खाएको भन्दै स्थानीयले राजिनामा मागेका थिए ।
स्थानीयले प्रेस विज्ञप्ति नै निकालेर ‘जनताको जिउधनको सुरक्षा गर्ने जनप्रतिनिधिहरूले कुखुरो चोरी गरेर खाएको प्रमाणित भएको छ । नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’वडाध्यक्ष केसीले भने आफ्नो बेइज्जत गर्न झुटो आरोप लगाएको बताएको दाबी गरेका छन् ।
यी दुबै काण्ड नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुका हुन् ।

यस्तो छ दोस्रो काण्ड 

कालिकोटको महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादु सिंह र उपप्रमुख मोहनराज शाहीले गाउँपालीकाको रकमलाई मनोमानी रुपमा बाडेर करोडभन्दा बढी रकम हिनामिना गरेका हुन् । ‘गाउँगाउँ सिंहदरवार’ भन्दै नेपाली काँग्रेसबाट चुनाव जितेका सिंह र शाहीले संस्थागत रुपमा भ्रष्टाचार गरेको भेटिएको छ ।
सार्वजानिक खरिद ऐनअनुसार कुनैपनि सूचना प्रकाशन गरेर काम गर्नुपर्ने हुन्छ तर यो गाउँपालिकामा त्यो भएको छैन । बिल भरपाई विना नै अध्यक्ष सिंहले ५० लाख रकम आफू खर्च गरेका छन् । अध्यक्षले अध्यक्ष भ्रष्टाचार गरेको भन्दै वडा नम्बर ६ का अध्यक्षको संयोजकत्वमा छानविन समिति समेत बनेको थियो ।
अध्यक्ष र उपप्रमुखको मिलेमतोमा गाउँकार्यपालिका र गाउँसभाले निर्णय विनै कन्सल्टेन्टको लागि भन्दै १० लाख, डाँफे आप्र नकु मावि, डिल्लीकोट लेखगेला घोरेटो बाटोलगायतका योजनामा विना बिल भरपाईमै १ करोड रकम खर्च गरेको पाइएको छ । त्यस्तै लक्षित वर्ग, महिला, दलित, किसान र बालबालकाहरुलाई रकम विनियोजन भने बजेट विनियोजन गरिएको छैन ।
गाउँसभाले ४० लाख भ्रमण खर्च भनेर छुट्टाएपनि नियम विपरिप आफ्नो भाग भन्दै ४० लाख वितरण गरिएको पाइएको छ । गाउँपालिकाको कार्यसमितिले करारमा कर्मचारी नियुक्त गर्दापनि ऐन २०७४ नियमअनुसार नभई आचारसंगिता लागुभएकै बेलामा पनि कर्मचारीलाई नियुक्ति गरेको छ ।
त्यसैगरी बिरामी उपचारका लागि औषधि खरिद स्वास्थ्य कार्यालयले गर्नुपर्ने भएपनि गाउँपालिकाका जनप्रतिनिधिले सरकारबाट निःशूल्क उपलब्ध हुने औषधिको खरिद बिल बनाई रकम हिनामिना गरिएको छ । केही महिना अगाडि मात्र पान्तडीदेखि हिमढुङ्गा हँुदै कुनिसम्मको बाटोमा निमार्ण गर्ने क्रममा १३ लाख अनियमितता भएको स्थानीयले बताउँदै आएका थिए । सोही विषयको छानविन गर्न स्थानीय राजेन्द्र थापाको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।
गाउँपालिकाले महावुअ पादम सडकमा ५५ लाख विनियोजन भएपनि हाल ४० लाखको काम मात्र गरेर बाँकी १५ लाख हिनामिना भएको भेटिएको छ । त्यसैगरी सामाजिक भत्ता पारदर्शी तरिकाले वितरण नभएको भन्दै नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त विज्ञप्ति निकाल्दै छानविन गरी कारवाहीको माग गरेका छन् ।
एमालेका महाबै गाउँपालिका संयोजक खड्कबहादुर सिंह, माकेका इन्चार्ज सर्पराज सिंह र संयोजक हर्कबहादुर शाहीले सोमबार संयुक्त विज्ञप्ति गरेको विज्ञप्तिमा सार्वजानिक खरिद ऐन बमोजिम कुनैपनि सामान खरिद नगरेर गाउँपालिका अध्यक्षले अनियमितता गरेको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी