×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसका शक्तिशाली गुटहरू कसरी बने कमजोर ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कांग्रेसका शक्तिशाली गुटहरू कसरी बने कमजोर ?

६ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं – नेपाली कांग्रेसमा स्थापित दुई शक्तिशाली गुटहरू क्रमशः कमजोर हुँदै गएका छन् । दुई बर्षदेखि संस्थापन गुटको नेतृत्व गर्दै आएका पार्टी सभापति शेरबहादुर देउवा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि जति बलियो देखिएका छन्, भित्र भित्रै त्यति नै कमजोर हुन थालेका छन् । 
दुई बर्षअघिसम्म पार्टी भित्र ४० प्रतिशतको भागबण्डाको हिस्सेदार हुँदै शक्ति आर्जन गरेका सभापति देउवा हाल पनि संगठानात्मक रूपमा त्यति धेरै बलिाय होइनन्, परम्परागत पुरानो गुटको असन्तुष्टि, साना गुटको सहयोग र समर्थन तथा साम, दाम, दण्ड, भेद र पदिय हैसियतले प्राप्त गरेका सबै अधिकारलाई दुरूपयोग गर्दै हालसम्म आएका छन् । 
देउवाले दुई बर्षअघि काठमाडौंमा भएको पार्टीको १३ औं महाधिवेशनमा तत्कालिन असन्तुष्ट पक्षका प्रभावशाली नेताहरू, तेश्रो धारको नेतृत्व गरेका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौला, अर्का प्रभावशाली नेता खुमबहादुर खड्का गुटको सहयोग, साथ र समर्थनका कारण देउवा सभापतिको निर्वाचनमा दोश्रो राउण्डमा निर्वाचित भएका थिए । देउवालाई साथ दिएका प्रभावशाली नेताहरू अर्जुननरसिंह केसी, गोविन्दराज जोशी, केवी गुरूङ, चन्द्र भण्डारी लगायतका नेताले देउवाको साथ छोडिसकेका छन् भने सिटौला गुटले देउवालाई दुई बर्षदेखि दिँदै आएको निसर्त समर्थन फिर्ता लिएको वताएका थिए अर्का नेता खड्कालाई देउवाले उपसभापतिमा मनोनित गर्ने भनेर आश्वासन दिए पनि कसैलाई मनोनित गरेनन् । देउवालाई विगत दुई दशकदेखि सहयोग गर्दै आएका विमलेन्द्र निधि गतबर्षको आईजी नियुक्ति प्रकरणदेखि नैं असन्तुष्ट छन् । त्यसैले देउवा गुट जुनसुकै बेला पनि भत्किन सक्ने बुढानिलकण्ठ स्रोत वताउँछ । देउवाले आफ्नो उत्तराधिकारीको रूपमा अघि सार्दै एक दशकअघि कांग्रेस छोडेर पुन फर्किएका विजयकुमार गच्छेदारलाई संसदीय दलको उपनेतामा चयन गरेपछि निधि देउवाको साथ छोडेर बेग्लै गुट सञ्चालन गर्ने तरखरमा छन् । 
यता परम्परागत संस्थानप पक्षको नेतृत्व गरिरहेका पार्टी सभापति सुशील कोइरालाको एक बर्षअघि अकस्मात निधन भएपछि कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेको पौडेलले सो गुटको नेतृत्व गरे पनि गुट झन कमजोर भएको भन्दै उनको आलोचना गुट भित्रैबाट हुन थालेको छ । पौडेल नेतृत्वमा भएको पार्टी महाधिवेशनमा पौडेल संसदीय दलको नेतामा उम्मेदवार भएपनि पराजय भोगको थिए । त्यसपछि पार्टीको भातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल महिला संघमा लज्जाजनक हार बेहोरेपछि पौडेलप्रति सो गुटका नेताहरूको सम्वन्ध चिसिएको थियो । नेपाल तरूण दलको महाधिवेशन नगरी भागबण्डामा महामन्त्री पद लिएका पौडेलले प्रभावशाली नेता महामन्त्री डा. शशांक कोइराला र प्रकाशमान सिंहको सिफारिस लत्याएपछि दुवै नेता उनीप्रति असन्तुष्ट थिए । 
पछिल्लो पटक दुई साताअघि भएको संसदीय दलको निर्वाचनमा पौडेल गुटबाट नेतामा उम्मेदवार भएका प्रकाशमान सिंहले ६३ सांसद सदस्यमध्ये १९ मत मात्र ल्याए पछि पौडेल गुटमा विवाद चर्किएको थियो । सो निर्वाचनमा सिंहलाई पौडेल गुटबाटै ४ भोट कम खसेपछि पौडेलले गुट सम्हाल्न नसकेको भनेर जिल्ला सभापतिहरूको हालै काठमाडौंमा भएको भेलामा आलोचना गरिएको थियो । आफूलाई वाइपास गरेर प्रकाशमान सिंहलाई उम्मेदवार बनाएको भन्दै महामन्त्री शशांकसहित केन्द्रीय सदस्य तथा सांसदहरू सुजाता कोइराला, मिनेन्द्र रिजाल , नारायण खड्का र शशांक स्वयंले मत नदिएको चर्चा छ । 
यो विवादसँग महामन्त्री कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापति पदमा उम्मेदवार हुने घोषणा गरेका छन् । उनले आफू कुनै गुट र उपगुटमा नलाग्ने भन्दै नयाँ गुट खडा गर्न लागेका छन् । यता पौडेल र देउवा गुटबाट असन्तुष्ट भएकालाई समेट्दै नेता कृष्णप्रसाद सिटौला गुटले नयाँ अभियान शुरू गरेको छ । उनीहरूले हालै काठमाडौंमा अभियानको शुरूआत गर्दै पुराना गुटबाट पार्टी चल्न नसक्ने भन्दै आफूहरूलाई बैचारिक धार वा समूहको नेता भन्न रूचाएका छन् । उनीहरूले दुवै गुटका यूवा नेता र जिल्ला सभापतिहरूले वर्तमान सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई विश्वास गर्न छाडेको भन्दै आफूहरूले सबै कार्यकर्तालाई बैचारिक दृष्टिकोणको आधारमा समेट्ने वताएका छन् । खुमबहादुर खड्का भने देउवा र महामन्त्री शसांकमध्य एउटा कुन गुटमा रहने भनी पर्ख र हेरको रणनीतिमा छन् । – जनप्रहार साप्ताहिकबाट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी