×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरवार्डको सुरु भयो एजीएम, के–के प्रस्ताव पेस गर्दै ?

PRIME CA

फरवार्डको सुरु भयो एजीएम, के–के प्रस्ताव पेस गर्दै ?

अर्थ सरोकार

४ चैत्र २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा पनि आइतबा ११ बजेबाट सुरु भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय दुहबी, सुनसरीमा सुरु भएको हो । फरवार्डले गत वर्षको कमाईबाट ५०% बोनस सेयर र साथमा १५% नगद लाभांश दिने विशेष प्रस्ताव सभामा पेश गरेको छ ।  फरवार्डले बोनसका लागि १० करोड रुपैयाँ र नगद लाभांशका लागि ३ करोड रुपैयाँ खर्च गर्नेछ । 
सभामा आर्थिक वर्ष २०७३।७४ को वार्षिक प्रतिवेदन र सोही अवधिको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि पेश गरिंदैछ । यता, बोनस सेयर वितरणपछि कम्पनीको अधिकृत तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले कम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । यसका लागि सम्पूर्ण अधिकार सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने प्रस्ताव पेश हुँदैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: