×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किन मानेनन् जनार्दन शर्मा मन्त्री हुन ? यस्तो छ भित्री कारण !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

किन मानेनन् जनार्दन शर्मा मन्त्री हुन ? यस्तो छ भित्री कारण !

२ चैत्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।
माओवादीभित्रका चर्चित नेता मानिने जनार्दन शर्मा भने मन्त्री बन्न मानेनन् । उनले ऊर्जा मन्त्रालय नपाए मन्त्री नबन्ने पार्टीलाई जानकारी गराएपछि चन्द्र प्रकाश खनाल बलदेवलाई मन्त्री बनाइएको छ ।
उनलाई प्रम केपी ओलीले समेत आफ्नो क्याबिनेटमा राख्न चाहेका थिए । जनार्दनलाई प्रभावकारी काम गर्न सक्ने नेता भएको भन्दै ओलीले समेत मन्त्री बनाउने चाहेको बताइएको छ । तर, कामै नहुने मन्त्रालय लिएर पद ओगट्न मात्रै आफू मन्त्री बन्ने भन्दै उनले अस्वीकार गरेको बताइएको छ ।
माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई बुझाएको मन्त्रीको सूचीमा वर्षमान पुन, गिरीराजमणि पोखरेल, शक्ति बस्नेत र बीना मगरको नाम समेत रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी