×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्स भैरहवा र बेसीशहरमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पोखरा फाइनान्स भैरहवा र बेसीशहरमा

३० फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सले यही सोमवार देखि आधुनिक वित्तीय सुविधायुक्त आफ्नो ११ औं शाखा भैरहवा र १२ औं शाखा बेसीशहरमा सञ्चालनमा ल्याएको हो । निकट भविष्यमा नै चितवनको नारायणघाटमा समेत नयाँ शाखा सञ्चालनमा ल्याइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले जनाए ।
चुक्ता पृ्ंजी रु. ६५.५७ करोड रहेको यस वित्तीय संस्थाले २०७४ पौष मसान्त सम्ममा निक्षेप रु. ३ अर्व ९४ करोड ७७ लाख तथा कर्जा लगानी रु. ३ अर्व ७० करोड १७ लाख पुर्याउनुको साथै जगेडा कोषमा रु. ४१ करोड ७३ लाख रहेको छ । उक्त भैरहवा तथा बेशीसहर शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा सि­आश्वा लगायतका सम्पूर्ण आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी