- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एनसीसी बैंकको ७० लाख कित्ता संस्थापक सेयर लिलामीमा भर्ने बुधबार अन्तिम दिन हो । बुधबार बैकिङ कार्यालय समयभित्र आवेदकले लिलामी सेयर भरिसक्नुपर्नेछ । सुरुमा बैंकले माघ १८ गतेदेखि फागुन ३ गते सम्मको म्याद तोकेर लिलामी खुला गरे पनि निर्धारित समयमा सेयर बिक्री नभएपछि म्याद थप गरी बुधबारसम्म भर्ने व्यवस्था गरिएको हो । आवेदकले यही २१० रुपैयाँलाई आधार मानेर बोलकबोलका माध्यमबाट आवेदन दिनुपर्नेछ । व्यक्ति र कम्पनी दुवैले यसमा आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजार काठमाडौं पुग्ने गरी आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ । बोलपत्र चैत १ गते बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल लिमिटेड बाटुलेघर, डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे खोलिनेछ । हाल एनसीसी बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ ।