×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकीको ३ लाख ५२ हजार कित्ता सेयर लिलामीमा आउंदै, यस्ता छन् सेयर भर्ने ठाउँ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकीको ३ लाख ५२ हजार कित्ता सेयर लिलामीमा आउंदै, यस्ता छन् सेयर भर्ने ठाउँ

Artha Sarokar

२९ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चैत १ गतेदेखि गण्डकी विकास बैंकले ३ लाख ५२ हजार ९०१.५० कित्ता सेयर लिलामीमा बिक्री खुला गर्दैछ । बैंकले संस्थापक समूहको १ लाख ३० हजार ७१६.९० कित्ता र सर्वसाधारण समूहको २ लाख २२ हजार १८४.६० कित्ता सेयर लिलामीमा बेच्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद चैत ८ गतेसम्म तोकिएको छ । 
बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय चिप्लेढुंगा पोखरा तथा शाखा कार्यालयहरु खिचापोखरी काठमाडौं, विराटनगर, वीरगञ्ज र बुटवल चौराहा शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि सेयर भर्न सकिनेछ । हाल यस बैंकको चुक्ता पुँजी १ अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी २ अर्ब ३० करोड ४९ लाख ७ हजार ५५० रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी