Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकमा भण्डारीको कार्यकाल सकिंदै, गैरकानुनी काम गरेर कार्वाही भोगेका पोखरेल बन्लान् त सीइओ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सिटिजन्स् बैंकमा हाल प्रमुख कार्यकारी अधिकृत रहेका राजन सिंह भण्डारीको कार्यकाल सकिनै लाग्दा अव बैंकको सीइओ को बन्छ भन्ने चर्चा चल्न थालेको छ । यसैक्रममा हाल डेपुटी सीइओ रहेका गणेश राज पोखरेल बैंकका सीइओ बन्लान् कि नबन्लान् भन्ने चर्चा पनि उतिकै चल्न थालेको छ । बैंकभित्र वर्यताक्रम हेर्ने हो भने अवको प्रमुख कार्यकारी अधिकृत बन्ने पालो पोखरेल कै हो । तर रजिष्टर्ड अडिटरसमेत रहेका गणेश राज पोखरेलले लेखा व्यावसायको आचारसंहिता नमानेको भन्दै नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले उनलाई कारवाही गरेपछि यस्ता विवादित व्यक्तिलाई जनताको अरवौं रुपैयाँ डिपोजिट भएको संस्थाका प्रमुख कार्यकारी बनाउनु हुन्छ वा हुँदैन भन्ने बहस सुरु भएको छ । 
यस्तो छ कारवाहीको विवरण :
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को सदस्य रहेर गलत काम गरेको भन्दै उनलाई उक्त संस्थाले कारवाही गरेको थियो । यद्यपी उनी हाल आफु उक्त संस्थाको सदस्य नरहेको दावी गर्छन् ।   तर आइक्यानजस्तो प्रतिष्ठित संस्था र नियामक निकायबाट गलत काम गरेको भन्ने पुष्टी भएपछी कारवाही गरिएका व्यक्तिलाई सिटिजन्स बैंकको जिम्मा दिनु कति सहि र कति गलत हो भन्ने बारे बहस चल्न थालेको छ । यसै पनि गैर- बैंकिङ पृष्ठभूमिका पोखरेललाई अडिटरको लाइसेन्स भाडामा दिएर गलत काम गरेकोसमेत आरोप लागेको छ । गलत मान्छेले लिनुपर्ने तालिम लिएर आफ्नो लाइसेन्सको दुरुपयोग गरेको दावी गर्ने उनको कुरा पत्याईदिने हो भने पनि आफ्नो लाइसेन्सकै राम्रो जतन गर्न नसक्नेले जनताको अरवौं रुपैयाँको जतन कसरी गर्ला भन्ने ठुलो प्रश्नचिन्ह उठेको छ ।
के भन्छन् पोखरेल ?
यस विषयमा हामीले गणेश राज पोखरेलसँग पनि बुझेका थियौं । उनले आफु हाल संस्थाको सदस्य नरहेको भएपनि आफुले कारवाही भोगेको भने स्वीकारेका छन् । ‘मेरो लाइसेन्स दुरुपयोग गरेर मलाइ फसाइयो । अझै पनि कतिपय ठाउँमा मेरो हस्ताक्षर किर्ते भएको शंका छ । सीइओ को कुरामा त अव सीइओ हुन दिए भने एक पटक सीइओ बन्ने हो ।’ अर्थ सरोकारकर्मीसँग कुराकानी गर्दै उनले भनेका छन् । 
(गणेश राज पोख्रेलसंगको यस विषयमा गरिएको कुराकानीको थप अंश हामी आगामी अंकमा प्रस्तुत गर्नेछौं ।)               
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK