
काठमाडौं – राधा चौधरी बोक्सीको आरोपमा निरन्तर कुटिदा रमिते दर्शक बनेका मेयर ममताप्रसाद चौधरीलाई जनकारवाही गर्ने नेकपाले चेतावनी दिएको छ । बोक्सीको आरोपमा चौधरी कुटिदा घोडाघोडी नगरपालिकाका मेयर घटनास्थल पुगेका थिए । तर उनले कुनै प्रतिक्रिया नजनाई त्यहाँबाट हिडेको स्वीकार गरिसकेका छन् ।
युवतीमाथी निर्धात कुटपिट गर्ने रामबहादुर चौधरी उर्फ भोलेबाबालाई प्रहरीबाट छुटाएको आरोप पनि मेयरमाथी लागेको छ । मेयरले आफनो कार्य कुसलतापूर्वक नगरेको भन्दै एमालेले पनि कारवाहीको तयारी गरिरहेका बेला विप्लव नेतृत्वको माओवादीले जनकारवाहीको चेतावनी दिएको छ ।
‘गैरजिम्मेवार अभिब्यक्ति दिने भ्रष्ट मेयर ममताप्रसाद चौधरी र जनप्रतिनिधिहरुलाई राजीनामा दिन आग्रह गर्दछौ’ नेकपाद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ‘राजीनामा नदिए जनकारवाही गर्न बाध्य हुनेछौ ।’ राधा चौधरीलाई निर्धात कुटपित गर्ने कथित भोलेबाबा र पार्वती चौधरीलाई तत्काल कारवाही गर्न र रमिते बनेकालाई पनि कारवाही गर्न नेकपाले सरकारसँग माग गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्