×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अष्ट्रेलियाको मेलवर्नमा ८औं कंडेल कन्सल्टेन्सी कप शनिवारबाट हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अष्ट्रेलियाको मेलवर्नमा ८औं कंडेल कन्सल्टेन्सी कप शनिवारबाट हुने

२५ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मेलवर्न । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरु माझ निकै लोकप्रिय बन्दै गइरहेको कंडेल कन्सल्टेन्सी कपको ८औं संस्करण शनिबारबाट मेलबर्नमा सुरु हुने भएको छ । एति फुटवल क्लव अष्ट्रेलियाको आयोजनामा हुने यस प्रतियोगतिामा अष्ट्रेलियाभरका १६ फुटवल क्लवको सहभागिता रहने भएको छ । प्रतियोगितामा नेपालका बिभिन्न समयका राष्ट्रिय खेलाडीका अलावा अष्ट्रेलियाका राष्ट्रियस्तरका खेलाडीहरुको समेत सहभागिता रहने भएको छ ।

१० र ११ मार्चमा मेलवर्नमा हुने यो प्रतियोगितामा हजाराैंको संख्यामा दर्शकहरु सहभागी हुने प्रायोजक कंडेल कन्सल्टेन्सी एजुकेसन माइग्रेसनका प्रवन्ध निर्देशक राज कंडेलले बताएका छन । हजाराैं डलरको पुरस्कार रासी रहेको यस प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक यति फुटवल क्लवले जनाएको छ । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुबिच भाइचारा बृद्धिमा यस प्रकारका प्रतियोगिताले ठुलो भुमिका खेलिरहेको महसुस गर्दै विगत ८ बर्ष देखि यो प्रतियोगिता निरन्तर गरिरहेको आयोजकहरुको भनाई छ । मुख्य प्रायोजक रहेको कंडेल कन्सल्टेन्सी एजुकेशन माइग्रेसनले अष्ट्रेलियामा नेपालीहरु माझ हुने सबै प्रकारका सामुदायिक कार्यक्रमहरुमा निरन्तर सहयोग गर्दै आइरहेको छ ।
अष्ट्रेलियाभर बसोबास गर्ने नेपालीहरु माझ लोकप्रिय रहेको यस कन्सल्टेन्सी इजुकेसन माइग्रेसनले यस बर्ष मात्रै यस कार्यक्रमका अलावा नेपाल आइडलहरुको सांगितिक कार्यक्रम सहित बिभिन्न सांगितक र सामुदायिक कार्यक्रमको प्रायोजन समेत गरेको थियो । सन् २००६ देखि एजुकेशन माइग्रेसनको क्षेत्रमा काम आरम्भ गरेको यस कन्सलटेन्सीले बढ्दो लोकप्रियता संगै यस बर्ष मात्रै अष्ट्रेलियाको सिड्नी सहित नेपालका काठमाडौं, पोखरा र नारायणगढमा शाखा बिस्तार गरेको छ । अष्ट्रेलिया अध्ययन तथा माइग्रेसनका क्षेत्रमा ख्याति प्राप्त यस कन्सल्टेन्सीले अष्ट्रेलिया बसोबास र पढ्नका लागि जान चाहाने नेपाली बिधार्थी र तिनका अभिभावकको आग्रहमा नेपालमा पनि ३ स्थानमा एकैपटक शाखा बिस्तार गरेको हो । मेलवर्नमा मुख्य कार्यालय रहेको यस कन्सल्टेन्सीमा अनुभवी परामर्शदाता रहनुका साथै अष्ट्रेलियामा समेत यो निकै विश्वासिलो मानिन्छ । कन्सल्टेन्सीका प्रबन्धक निर्देशक राज कंडेल स्वंम आफै करिब २० बर्ष देखि अष्ट्रेलियामा रहेर यस व्यवसायमा संलग्न रहदै आएका छन । नेपालीहरु बिच आपसी सद्भाव कायम गर्ने उदेश्यले आफुहरु सामुदायिक गतिबिधिमा संलग्न रहदै आएको सञ्चालक राज कंकडेलले बताएका छन । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी