×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री ओलीविरुद्धको रिटको सुनवाई न्यायाधीश शाहीको बेन्चमा

PRIME CA

प्रधानमन्त्री ओलीविरुद्धको रिटको सुनवाई न्यायाधीश शाहीको बेन्चमा

२५ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ  – प्रधानमन्त्री केपी शर्मा ओलीको पद खारेज सहितको माग राख्दै बुधबार सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनको पहिलो सुनवाई ३ नम्बर इजलासमा हुने भएको छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासमा सो रिट निवेदनको पहिलो सुनवाई हुने भएको हो ।
अधिवक्ता यज्ञमणि न्यौपानेले उत्प्रेषणको आदेशले प्रधानमन्त्री ओलीको पद खारेजीको माग राख्दै बुधबार रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चले शुक्रबार न्यायाधीश शाहीको एकल इजलासमा सुनवाईका लागि पेशी तोकेको हो ।
अधिवक्ता न्यौपानेले सर्वोच्च अदालतले यसअघि राखेको धारणा विपरित ओलीले संसदकै सपद नलिई प्रधनमन्त्रीको सपथ लिएको जिकिर रिट निवेदनमा गरेका हुन् । निवेदनमा नेपालको संविधान २०७२ को धारा ७६ अनुसार मन्त्रीपरिषद् गठनको मर्म विपरित संघीय संसदको सदस्य पदको सपथ नलिदै प्रधानमन्त्रीको सपथ लिनु संविधान विपरित भएकोले खारेज गर्न माग गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: