Skip to content

फर्स्ट माइक्रोफाइनान्सको हकप्रद आजदेखि बिक्री खुला, यस्ता छन् सेयर भर्ने ठाउँ

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फर्स्ट माइक्रोफाइनान्सको ५०% हकप्रद सेयर शुक्रबारदेखि बिक्री खुला भएको छ । कम्पनीले २ः१ अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता सेयर बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद सेयर चैत २३ गतेसम्म भर्न पाइनेछ । 
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौं तथा फर्स्ट माइक्रोफाइनान्सको ज्ञानेश्वर, काठमाडौं र उर्लाबारी, मोरङ तथा भरतपुर, चितवनबाट पनि सेयर भर्न सकिनेछ । त्यसैगरी, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । हाल फर्स्टको चुक्ता पुँजी ४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्