
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सिद्वार्थ बैंकको १४% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । चैत ४ मा हुने साधारण सभामा बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यसका लागि बैंकले फागुन २० गतेबाट बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघि कायम भएका सेयरधनीले मात्र यो बोनस पाउनेछन् । बिहीबार होलीको कारण सेयर बजार बन्द हुने भएकाले बोनस सुरक्षित गर्न बुधबार नै सेयरधनी कायम हुनुपर्छ । सिद्धार्थले बोनस वापत ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ खर्च गर्नेछ ।
साधारण सभा राष्ट्रिय सभागृह प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सिद्धार्थले हकप्रद बिक्री गर्नुभन्दा अघि कायम चुक्ता पुँजी ६ अर्ब ८४ करोड ४९ लाख ४९ हजारलाई आधार मानेर बोनस सेयर दिन लागेको हो । हकप्रद र बोनसपछि भने चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार २७२ रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्