
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंकले २२५% हकप्रद भर्ने म्याद १५ दिन थप गरेको छ । अब यस बैंकको हकप्रद भर्ने म्याद चैत १ गतेसम्म पुर्याएको छ । यसअघि बैंकले माघ ११ गतेदेखि फागुन १६ गतेसम्मको समयसिमा निर्धाण गरेर १ः२.२५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ३३ लाख ९७ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गरेको थियो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं तथा कर्णाली डेभलपमेन्ट बैंकको नेपालगञ्ज, बाँके तथा यसका अन्य शाखाबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल र धनगढी शाखा तथा आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन मिल्छ । हाल बैंकको चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि भने कर्णालीको चुक्ता पुँजी ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्