×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनीको १०% हकप्रद भर्ने समय थप, अब फागुन २३ गतेसम्म पाइन्छ भर्न

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लुम्बिनीको १०% हकप्रद भर्ने समय थप, अब फागुन २३ गतेसम्म पाइन्छ भर्न

Artha Sarokar

१६ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लुम्बिनी विकास बैंकले १०% हकप्रदमा आवेदन सिनको लागि ७ दिन म्याद थप गरेको छ । यस बैंकले एक हप्ता समय थप्दै हकप्रद भर्ने म्याद फागुन २३ गतेसम्म पुर्याएको छ । यसअघि बैंकले माघ ११ गतेदेखि फागुन १६ गतेसम्मको लागि १०ः१ अनुपातमा २० लाख ८ हजार ८७८.४७ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ८८ लाख ७८ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि भने चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार ३१५ रुपैयाँ हुनेछ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं र लुम्बिनी विकास बैंकको प्रधान कार्यालय डिल्लीबजार, काठमाडौं तथा यसका अधिकांश शाखा कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ । त्यसैगरी, भिबोर क्यापिटल लिमिटेड, कृष्णगल्ली ललितपुरबाट पनि आवेदन दिन पाइने व्यवस्था छ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी