×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कतार एयरवेजद्वारा क्यानवेरा अष्ट्रेलिया उडान घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कतार एयरवेजद्वारा क्यानवेरा अष्ट्रेलिया उडान घोषणा

१५ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कतार – कतार एयरवेजले एक पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलियाको राजधानीक्यानबेरामाआफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा अष्ट्रेलियन राजदुत पिटर ग्रिमी बड, कतारका राजदुतयूसुफमोहम्मदअल–हायल र कन्ट्रि म्यानेजर जयप्रकाश नैयरको समेत उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनमा कन्ट्रि म्यानेजर जयप्रकाश नैयरले एयरवेजको ब्यापकविस्तार योजनातथा अष्ट्रेलियामाथपयात्रु ल्याउने प्रतिबद्धता ब्यक्त गरे । साथै उनले क्यानबेरन्सलाई दोहा स्थित हमाद ईन्टरनेशनल एयरपोर्ट (एचआईए)को माध्यमबाट ब्यापक वैश्विक सञ्जालसंग जोड्ने प्रतिबद्धता समेत जाहेर गरे । 
‘अष्ट्रेलियामाहाम्रो पाँचौ गणतब्यका रुपमाक्यानबेरामानयाँ दैनिक उडान सेवा सञ्चालनगर्न पाउँदाहामीनिकै उत्साहित छौँ । नयाँ उडान सेवाले अष्ट्रेलियनयात्रुहरुलाई थप सहजताउपलब्ध गराउनुका साथै हमाद ईन्टरनेशनल एयरपोर्ट, ट्रान्जिट मार्फत हाम्रो वैश्विक सञ्जालद्वारा ब्यापक गणतब्यको छनोटका लागि समेत सघाउनेमाहामीविश्वस्त छौँ’, कन्ट्रि म्यानेजर जयप्रकाश नैयरले भने । 
क्यानबेरामा सञ्चालितनयाँ उडान तालिकाले अष्ट्रेलियनमहादेशको कार्गो क्षमतामा ६ सय ३० टन प्रतिहप्ताभन्दा बढीले बृद्धि दिलाउने कम्पनीले जानकारी दिएको छ । कतार एयरवेजले आफ्नो बोइङ बी७७७विमानमार्फत क्यानबेराकालागि दैनिक उडान सेवाउपलब्ध गराउने छ । बी७७७द्वारा बिजनेस क्लास मार्फत ४२ फ्ल्याटबेड सिट र ईकोनोमीक्लासमा ३१६ सिट उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । साथै फ्लाइटमा यात्रागर्ने यात्रुले एयरलाइन्सको अत्याधुनिक सुविधा सम्पननमनोरञ्जन प्रणाली मार्फत यसमाउपलब्ध रहेका बहु संख्यकमनोरञ्जनकाविकल्पको मज्जालिन सक्नेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी