- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बुटवल पावर कम्पनीको एफपीओमा आवेदन दिने मंगलबारअन्तिम दिन हो । आज कार्यालय समयसम्म आवेदन दिइसक्नुपर्नेछ । बुटवल पावरले माघ १५ देखि फागुन १५ सम्म २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो ।
एफपीओको भाउ प्रतिकित्ता ५०१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार ४०० कित्तासम्म आवेदन दिन पाउनेछन् । यसमा संस्थागत लगानीकर्ताले पनि भर्न पाउने व्यवस्था गरिएको छ । व्यक्तिगत लगानीकर्ताले मात्र सबै सेयर नकिनेपछि संस्थागतलाई पनि खुला गरिएको हो ।
लगानीकर्ताले आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट एफपीओ भर्न सक्नेछन् ।