×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर मार्केट कम्प्लेक्समा भएको आगलागीबाट करिब रु ५० लाखको क्षति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर मार्केट कम्प्लेक्समा भएको आगलागीबाट करिब रु ५० लाखको क्षति

१५ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – काठमाडौंको पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागीका कारणले गर्दा करिब रु ५० लाखको बराबरको क्षति भएको छ ।
महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ग्यास लिक भई शेयर मार्केट भवनको चौथो र पाँचौँ तलामा रहेको भान्साका सामग्री, फर्निचर, कम्प्युटरलगायत वस्तु नष्ट भएको जानकारी दिए । उक्त घटनामा मानवीय क्षति भने भएको थिएन ।
आगो नियन्त्रणमा लिन घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी खटिएका थिए भने काठमाडौँ उपत्यकाका चारवटा दमकल प्रयोग गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी