×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजनीतिक विषयमा सहमति नजुटदासम्म सरकारमा नजानेः अध्यक्ष यादव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राजनीतिक विषयमा सहमति नजुटदासम्म सरकारमा नजानेः अध्यक्ष यादव

Artha Sarokar

१४ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवबीच आज बालुवाटारमा त्रिपक्षीय वार्ता भएको छ ।
वार्तामा सरकारमा सहभागिताका विषयमा छलफल भए पनि कुनै सहमति भने जुटन सकेको छैन । छलफलमा प्रधानमन्त्री ओलीले आज हुने मन्त्रिपरिषद विस्तारमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिने गरी सरकारमा सहभागी हुन अध्यक्ष यादवलाई आग्रह गरेका थिए ।
वार्तामा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले फोरम अध्यक्ष यादवलाई आपसी सहमति कायम गरी संविधान संशोधन गर्न सकिने आश्वासन समेत दिएका थिए । संविधान संशोधन लगायत राजनीतिक विषयमा सहमति नजुटदासम्म पार्टी सरकारमा जाने सम्भावना नरहेको यादवको भनाई छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी