×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डकी बुहारी पनि मन्त्री बन्ने भइन्, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मन्त्रालयको जिम्मेवारी !

PRIME CA

प्रचण्डकी बुहारी पनि मन्त्री बन्ने भइन्, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मन्त्रालयको जिम्मेवारी !

१४ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की बुहारी बिना मगर पनि मन्त्री बन्ने भएकी छिन् । उनले उनका पति प्रकाश दाहालको हृदयाघातका कारण मृत्यु भएकै शोकमै रहेका बेलामा प्रचारप्रसारमा गएकी थिइन् । 
कञ्चनपुरबाट उठेकी बिनाले प्रतिस्पर्धीलाई भारी मतले  हराएर प्रतिनिधिसभाको चुनाव जितेकी थिइन् । माओवादीले सरकारमा जाने ६ जनाको नाम टुंगो लगाउँदा त्यस मध्य बिना पनि परेकी हुन् । 
हुनत उनका ससुरा सदाबहार पार्टी अध्यक्ष अनि टुंगो लगाउने टोलीमा प्रचण्ड, अर्का मन्त्री बन्ने नाममा रहेका रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ भएकैले पनि बिनाको नाम आएको बताइन्छ । 
६ जनामा बिना, बादल, वर्षमान पुन अनन्त, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल र अमनलाल मोदी रहेका छन् ।संयोग भन्नुपर्ला मगर समुदायबाट ६ मध्ये तीन जना माओवादीबाट सरकारमा सामेल हुँदैछन् । ओलीले सोमबारै मन्त्रीमण्डल बिस्तार गर्दैछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: